पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
pokhara 7 running (1)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ स्तरीय वृहत दौड प्रतियोगिता शनिबार भएको छ ।

प्रतियोगितामा २३ वर्षमुनिको छात्र दौडमा ऋतिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति बिसी, समृद्घि श्रेष्ठ, सुशीला गुरुङ र आशा विकले पुरस्कार प्राप्त गरे ।

खुला पुरुषतर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितीय, कविराज बराल तृतीय र नारायण त्रिपाठी सान्त्वना हुँदा खुल्ला महिलातर्फ हरिकुमारी श्रेष्ठ, विमला केसी, सिर्जना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।

५० वर्ष माथिको पुरुषतर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रेमबहादुर जिटी तृतीय र भक्तबहादुर गुरुङ सान्तवना भए । सोही विधाको महिलातर्फ गीताकुरारी पौडेल, अम्बिका बराल, निली गुरुङ र राममाया जिसी क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।

५ किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग, मदरल्यान्ड मावि ह्याप्पी बोडिङ हुँदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ चोक हुँदै घारीपाटनको हिमाली टोल, तिनकुने चोक हँुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

समापन समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा वडा नम्बर ७ मा भव्य कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद् दिए । उनले वातावरणमैत्री तरिकाले राधाकृष्ण मन्दिरको चौतारीको छहारीमा बिनाकुनै झकिझकाउ गरिएको कार्यक्रम उदाहरणीय भएको बताए । पोखरा वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै सक्रिय र जागरुक हुन आग्रह गरे ।

युवा उद्यमी एवम समाजसेवी किरण केसीले युवाहरु हरेक क्षेत्रमा जागरुक हुन पर्ने बताए । कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष शारदा गिरी र घारीपाटन जन जागृति बाआमा समूहका अध्यक्ष चम्पा सिंह गुरुङ लगायतले बालेका थिए । पोखरा वडा नम्बर ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समितिका संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदी र सञ्चालन सचिव मधु अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width