रोटरीको निशुल्क दन्त शिविर

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
dental sibir

पोखरा । रोटरी क्लबहरुको संयुक्त आयोजनामा पोखरा–२३, हर्पनस्थित जनसिद्ध आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर बिहीबारदेखि सुरु भएको छ । रोटरी धुलिखेल, रोटरी हर्भे बे सनराइज अस्टे«लिया, रोटरी मध्यपुर र रोटरी लेकसाइडको संयुक्त सुरु शिविर ३ दिनसम्म चल्नेछ । शिविरको वडाध्यक्ष रामकाजी गुरुङले उद्घाटन गरेका हुन् ।
धुलिखेल अस्पताल दन्त विभागको सहयोगमा सञ्चालित शिविरको पहिलो दिन विद्यार्थी, कर्मचारी र स्थानीय गरी १ सय जनाभन्दा बढीको सहभागिता थियो ।

शिविरमा डा. प्रतीक मरहठ्ठा, डा. जितेन्द्र यादव, डा. ओशा घिमिरे, डा. लक्ष्मी पराजुली र अस्टे«लियाका डा. निक ह्वाइटले शिविरमा दाँत परीक्षण तथा दाँत निकाल्ने कार्य गरेका थिए ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा १० जना कर्मचारी रहेको प्रअ लेखबहादुर क्षत्रीले बताए ।

सहायक प्रअ विष्णुप्रसाद पराजुली र सूचना अधिकारी दीपकराज दाहालले मानिसको बसाइँसराइले विद्यार्थी उल्लेखनीय नभएकोले कसरी बढाउने चिन्तामा रहेको बताए ।
रोटरी धुलिखेलका पूर्वअध्यक्ष अशोक श्रेष्ठले शिविरमा अस्टे«लियाका रोटरीको सहयोगले हामीलाई थप ऊर्जा मिलेको बताए । डा.मरहठ्ठाले शिविरमा उल्लेख्य सहभागिता रहेको भन्दै पहिलो दिन ५० भन्दा बढी जनाको दाँत निकालिएको बताए ।

७० वर्षको उमेरमा पहिलो पटक दाँत जाँच गर्न आएको स्थानीयवासीको शिविरमा देखिएको खुसीले डा. प्रतीकलाई पनि जीवनमा राम्रो पेसा रोजेको महसुस भएको बताए । डा. जितेन्द्र यादव पनि पोखराको शिविरमा पोखरेली, रोटरी क्लब लेकसाइडको सत्कारले खुसी मिलेको प्रतिक्रिया दिए । शिक्षिका कृष्णकुमारी पराजुलीले शिविरको आयोजकप्रति आभार व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width