पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Jotish parishad kaski

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आगामी जेठ २ देखि ५ सम्म प्रथम क्लबस्तरीय पुरुष भलिबल आयोजना गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमा संघ कास्की अध्यक्ष नवीन पुनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराइने प्रतियोगिता संयोजक अमृत लामा गुरुङले बताए । संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन १ टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडी मात्र सहभागिता हुन पाउनेछ ।’

संघ केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन गर्दै आएको बताए । ‘नेपाल लोकतान्त्रिक खेलकुद संघले गण्डकीका ११ मध्ये ९ जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ,’ अध्यक्ष शेरचनले भने, ‘खेलकुदका विभिन्न विधामध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।’

प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहनेछ । ३ जेठदेखि टिकट शुल्क निर्धारण गरिएको छ । फाइनल खेल हेर्न २ सय रुपैयाँ लाग्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width