प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
prativa mabi

पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो । तालिमको सहजीकरण रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले गरेका थिए ।

बोल्ने कला तालिमको समापनमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीमा अन्नर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता किसिमका तालिम महत्वपूर्ण हुने बताए । उनले सानै उमेरबाट राम्रो बोल्ने कलाको विकास गर्न सकियो भने विद्यार्थीहरूले भविष्यमा हरेक क्षेत्रका आफूलाई प्रमाणित गर्न सक्ने कुरामा जोड दिए ।

विद्यालयका सहप्राचार्य प्रदीप खनालले नेतृत्वका लागि बोल्ने कलाको आवश्यकता हुने हुँदा राम्रो बोल्ने कलाको विकासका लागि तालिम फलदायी हुने बताए । । विद्यालयको वार्षिक क्यालेन्डरमा नै द आर्ट अफ स्पिकिङसम्बन्धी तालिमलाई समावेश गरी कक्षा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी जानकारी थिए ।
४ वटा सत्रमा सञ्चालन गरिएको तालिममा कक्षा ४ देखि ७ सम्मका सय विद्यार्थीको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width