नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
sampada

पोखरा । नवीन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सम्पदाकी उपाध्यक्ष निर्मला कोइरालाले पाठ्यक्रममा रहेको मानवअधिकारको विषयलाई बुझाउन यस खालका कार्यक्रम निकै उपयोगी हुने जनाइन् ।

संस्थाकी सचिव विन्देश्वरी बरालले मानव अधिकार र प्राकृतिक सम्पदा सँगसँगै युवाको दायित्व बोध गराउन कार्यक्रम फलदायी हुने अपेक्षा गरिन् । नवीन माविका प्रधानाध्यापक शिरोमणि लामिछानेले यस्ता प्रशिक्षणले विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान दिने उल्लेख गरे ।

२०४८ सालमा महाकाली बचाउ अभियानबाट सुरु भएको संस्थाले मानवअधिकार र सम्दाको संरक्षणमा काम गर्दै आएको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डेले नागरिकलाई मानवअधिकार र सम्पदा संरक्षणको महत्वबारे बुझाउन र सरोकारवालालाई जिम्मेवार बनाउन संस्थाले भूमिका निर्वाह गर्दै आएका सुनाए ।

उनले भने, ‘ठूला ठूला सभा, गोष्ठी भन्दा विद्यालय तहमै पुगेर यस्ता कार्यक्रम गर्दा भोलिका कर्णधारहरु समाज, सम्पदा र मानवअधिकारप्रति सजग बन्छन् भन्ने उद्देश्य लिएका छौँ ।’

कार्यक्रममा संस्थाका सदस्यहरु दिलीप दोषी, अर्जुन भण्डारी, त्रिभुवन बराल, कमल न्यौपाने लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width