पोखरामा १४ मजदुर सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
labor

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

सम्मानित हुनेमा मंगली परियार, कमलबहादुर पुलामी, धनप्रसाद उपाध्याय, रिता कार्की, विष्णुमाया श्रेष्ठ, मुक्ति पाण्डे, तीर्थराज मगर, चन्द्रप्रसाद गुरुङ, चन्द्रकला रानाभाट, इन्द्रबहादुर गुरुङ, दिलबहादुर तुलाधर, महिमा शाही, प्रेमबहादुर कुमाल, दलबहादुर मगरलगायत छन् । विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको सम्मान गर्ने परिपाटीको विकास गर्न यस्तो अभियान थालिएको सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेले जानकारी दिए । उनले महानगरले मजदुरहरुको तथ्यांक संकलन, उनीहरुलाई न्यूनतम ज्याला र रोजगारीको ग्यारेन्टीका योजनाहरु बुनेको पनि सुनाए ।

मजदुर दिवसकै सन्दर्भमा महानगरले शुक्रबार औद्योगिक श्रम सम्बन्ध सुधारमा पालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले मजदुरको अधिकार रक्षाको लागि निजी क्षेत्र गम्भीर रहेको बताए । न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धतालगायतका विषयमा यसअघि नै सहमति कायम भएको बताउँदै उनले मजदुर र रोजगारदाताबीच असल सम्बन्ध जरुरी रहेकोमा जोड दिए । सामाजिक सुरक्षा कोषमा आवद्धतामा केही समस्या देखिएको र कतिपय अवस्थामा मजदुर नै त्यसमा सहभागी हुन नखोजेको उनको भनाइ थियो ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ तिमिल्सिनाले मजदुरहरुलाई तोकिएको पारिश्रमिक दिनु रोजगारदाता र आफ्नो जिम्मेवारी पूरा गर्नु मजदुरको कर्तव्य भएको बताए ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकीका संयोजक मुरारी शर्माले मजदुरहरुले अझै पनि राज्यबाट तोकिएको ज्याला पाउन नसकेको बताए । उनले मजदुरको सामाजिक सुरक्षाप्रति संवेदनशील हुन निजी क्षेत्रसँग आग्रह गरे ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले स्थानीय तहले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने अभियान थाल्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थादेखि उद्योगसम्मले मजदुरलाई तोकेको पारिश्रमिक नदिएको जिकिर पनि गरे ।

अखिल नेपाल टे«ड युनियन महासंघ गण्डकीका अध्यक्ष टंक पौडेलले उद्योग प्रतिष्ठानले तोकेको पारिश्रमिक नदिँदा जनशक्ति विदेशिएको बताए ।
पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले मजदुरको पेशागत सुरक्षालाई राज्य र रोजगारदाता दुवैले केन्द्रमा राख्नुपर्ने बताए ।

टे«ेड युनियन कांग्रेस कास्कीका अध्यक्ष कमल सापकोटाले सामाजिक सुरक्षा कोषको आवद्धता तथा तोकिएको पारिश्रमिक दिनबाट उम्कनको लागि उद्योग÷प्रतिष्ठानले ‘आउट सोर्सिङ’को बाटो रोजेकोमा आपत्ति जनाए ।

एकीकृत टे«ड युनियन महासंघ गण्डकी अध्यक्ष तीलबहादुर विश्वकर्माले. महिलालाई कम ज्याला दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…

hero news full width