पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका छन् ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको समापन गर्दै उनले सो कुरा बताएका हुन् । उनले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुद्दाको चाप घटेको बताए ।
विवाद समाधानमा महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउँदै देशभरमै उत्कृष्ट बनेकाले यसलाई निरन्तरता दिन उनको सुझाव थियो । उनले विवाद समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने भएकाले पुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुट्न लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गरेको बताए । मेलमिलापकर्ताद्वय सविता भण्डारी, सुदीप प्रधानांगले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पोखरा महानगरका १ देखि १८ वडाका मेलमिलापकर्ताले भाग लिएको तालिम ३ दिनसम्म चलेको थियो ।
प्रशिक्षार्थीलाई न्यायाधीश दाहाल, पोखरा महानगरपालिका कावा प्रमुख मञ्जुदेवी गुरुङ, न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१