पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संस्थाका अध्यक्ष सुजन श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रम उदघाटन गरिन् । अध्यक्ष भण्डारीले रक्तदान मानव जीवनकै उत्कृष्ट कार्य भएको भन्दै रक्तदानबारे अझै पनि जनचेतना जगाउनुपर्नेमा जोड दिइन् ।
संघका अध्यक्ष श्रेष्ठले केही व्यक्तिका कारण समग्र व्यवसाय नै बद्नाम हुने गरेको बताए । उनले यस क्षेत्रको विकृति विसंगति कम गर्न संघ क्रियाशील रहेको स्पष्ट पारे ।
नागरिकले बीचको बाटो अर्थात् दलालबाट नभई आधिकारिक संस्था एवं एजेन्टबाट वैदेशिक रोजगारका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।
संघका संस्थापक खेमराज बरालले विगतका दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएकोमा यसपटक रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै रगत अभाव परिपूर्ति गर्न कार्यक्रम महत्वपूर्ण हुने बताए ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल रक्तदाता स्वयंसेवी समाजका अध्यक्ष तीर्थराज अगस्ती, कार्यक्रम संयोजक एवं संघका कार्यसमिति सदस्य आयुर मिया, महासचिव विक्रम पोखरेल लगायतले संघका गतिविधि र रक्तदानको महत्वबारे चर्चा गरेका थिए ।
उक्त अवसरमा १ सय ३० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण नागढुंगास्थित रत्न पालिक्लिनकले गरेको हो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१