विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्‍यो ५० लाख आर्थिक सहायता

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा । विश्वासको मत लिनुअघि खगराज अधिकारीको सरकारले करिव ५० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले ५० लाख हाराहारी वितरण गरेको हो । केही रकम थपघट हुन सक्ने बताइएको छ । यस्तै, बैठकले प्रदेश विकास समस्या समाधान समितिमा सदस्य नियुक्ति गरेको छ ।

६ जना सदस्य थप गर्ने निर्णय भएको हो । प्रदेश लोकसेवा आयोगबाट नाम निकालेर कर्मचारीहरुको नाम दर्ताको प्रस्ताव समेत मन्त्रिपरिषदले पारित गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width