गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०८१
squash

पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमलबहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा युवराज कुँवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए ।

यसअघि प्रथम अधिवेशन उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुनबहादुर लामा, स्क्वास ‍र्‍याकेट संघका केन्द्रीय सदस्य सन्तोष घिमिरेलगायतले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै