स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
NSJF & Tiger Group

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ । सो सम्बन्धमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका तर्फबाट अध्यक्ष दीननाथ बराल र टाइगर ग्रुप अफ पोखराका तर्फबाट अध्यक्ष नारायणप्रसाद शर्माले आइतबार सहमतिपत्रमा हस्ताक्षर गरे । सम्झौताबमोजिम संस्थाले मञ्चलाई ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

अध्यक्ष शर्माले प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डलाई सघाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

मञ्च अध्यक्ष बरालले विगतमा पनि साथ रहेका स्मरण गर्दै सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

टाइगर ग्रुपले आमन्त्रण महिला तथा पुरुष क्लबस्तरीय टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो संस्करण पूरा गरिसकेको छ ।

यता, मञ्चले यही २८ वैशाखमा पोखरा सभागृहमा स्पोर्टस् अवार्ड गर्दैछ । कार्यक्रममा विभिनन ८ विधामा अवार्ड वितरण गरिने अवार्ड कार्यक्रममा प्रचारप्रसार उपसमिति संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले बताए । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष/महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्ट मझेरी रिर्सोट एन्ड स्पा हो । यसका अलावा टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता योमामा इ–मोर्टस् प्रालि, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फकोर्ष, थ्री सिक्स इञ्जिनियर रेजिमेट एन्ड क्युजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्बल व्युटी पार्लर लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width