दुआथलनमा टमटा र खड्का विजयी

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
440120740_7922721327751958_1241205633336855925_n

पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् ।

नेपाल ट्रायथलन संघ आयोजनामा आइतबार पोखरामा नेपाली राष्ट्रिय खेलाडी हिमाल टमटाले खुलातर्फ निर्धारित दुरी पार गर्न कुल ५१ मिनेट २४ सेकेण्डको समय लगाए ।

महिलातर्फ कुल १ घन्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी मञ्जुकुमारी खड्का विजयी भएकी हुन् । प्रतियागिता अन्तर्गत नै सम्पन्न राष्ट्रिय दुआथलन अन्तर्गत उनीहरुलाई नै विजेता घोषणा गरिएको छ ।

दुआथलनमा विभिन्न चार देशका पुरुषतर्फ ९ र महिलातर्फ ३ खेलाडी गरी १२ जनाले भाग लिएका थिए ।

विजयीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, प्रदेश खेलकुद परिषद गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश सभाका पूर्व सांसद एवं संघका वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग