राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
1b2c70c5-4e79-49e9-95fa-d7c3ad8d8d58

पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत ५ किमी छात्र/छात्रा सडक दौडको तयारी तीव्र पारिएको छ ।

यही २९ वैशाख शनिबार पोखरा १, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् ।

प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ । विद्यालयबाट सुरु हुने दौड विन्ध्वासिनी मन्दिर, बागलुङ बसपार्क, भीमसेनचोक, कोपिलढुंगा चोक, ज्ञानभूमि स्कुल, बाल मन्दिर, पिएन क्याम्पस, भीमकालीपाटन, पोखरा वडा १ कार्यालय, सिम्पानीचोक हुँदै विद्यालयमा आइ टुंगिनेछ ।

विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

उनका अनुसार दौड बिहान साढे ६ बजे सुरु हुनेछ । विद्यालयको सिफारिसपत्र वा विद्यार्थी परिचयपत्र आधारमा दौडमा भाग लिन पाइनेछ । त्यकसका लागि छात्र छात्रा धावकले २७ वैशाखसम्म विद्यालयमा नाम दर्ता सक्ने छन् ।

हीरक महोत्सव अन्तर्गत आगामी असोजमा विद्यालयस्तरीय छात्र/छात्रा छेलो (ठेलो) र जिल्लास्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता समेत गर्ने कार्यतालिका छ ।
गत २००६ मंसिर २० मा स्थापना भएको तत्कालीन पोखरा पब्लिक मिडिल स्कुल नामले स्थापित गण्डकीकै ऐतिहासिक राष्ट्रिय माविले वर्षैभरि विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाउँदैछ । गत २० मंसिरदेखि सुरु भएको महोत्सवमा गत साता विद्यालयमा पुनर्मिलन समारोह भव्य भएको थियो ।

यस्तो छ रुट–

Screenshot

Related News

सम्बन्धित समाचार

  • फेवातालमा पौडी प्रतियोगिता

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग