फेवातालमा पौडी प्रतियोगिता

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
swimming 1

पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ ।

शनिबार फेवातालमा बसुन्धरा पार्क छेउबाट ५ सय मिटर फ्रि स्टाइल इभेन्टमा भएको पौडी प्रतियोगितामा पुरुषतर्फ अभय अधिकारी र महिलातर्फ रुवि तामाङ प्रथम भए ।
स्याङ्जा घर भइ हाल पोखरा सिम्पानी बस्ने अभयले निर्धारित दुरी ८.५०.०३ मिनेटमा पूरा गरेका हुन् । अर्जुन नेपाली र ऋषि पौडेल क्रमश दोस्रो र तेस्रो भए । उनीहरुले निर्धारित दुरी ९.२०.०७ र ९.३३.८१ मिनेटमा पूरा गरेको संघ अध्यक्ष आनन्द कुँवरले जानकारी दिए ।

महिलातर्फ प्रथम रुविले निर्धारित दुरी ११.०८.७७ मिनेटमा पूरा गरेकी हुन् । दोस्रो भएकी लसता श्रेष्ठले ११.२४.३७ मिनेट लगाउँदा तेस्रो भएकी युनिसा कुँवरले १५.२५.२१ मिनेट लगाइन् । पुरुषतर्फ ३३ र महिलातर्फ ४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमश १० हजार, ८ हजार र ५ हजार साथमा सिल्ड र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

पर्यटकतर्फ अर्को इभेन्टमा फ्रान्सकी बेला हे प्रथम भइन् । उनले निर्धारित दुरी ९.०७.८३ मिनेटमा पूरा गर्दा दोस्रो स्थानमा अष्ट्रेलियन नागरिक चाल्र्स लोट्टे लौसर्याल भए । उनले ९ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गर्दा अमेरिकी रेमन माइकललाई १४ मिनेट ७ सेकेण्ड लाग्यो । विदेशीतर्फ विजयीलाई विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिएको थियो ।

पोखरा वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता उद्घाटन गर्दै यसखालको प्रतियोगिताले पोखरालाई खेल पर्यटनको विकासमा सघाउ पुग्ने बताए । पहिलो प्रतियोगिताले आफूहरुलाई उत्साहित बनाएको भन्दै आयोजक गण्डकी प्रदेश पौडी संघ अध्यक्ष आनन्द कुँवरले आगामी वर्ष पनि निरन्तरता दिने बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width