राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
rastriya 1

पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर प्रथम भए । छात्रातर्फ गौरीशंकरकी कविता मगरले उपाधि जितिन् ।

तेञ्जेनले ६ सय १३ जना धावकलाई पछि पार्दै निर्धारित दुरी १६.५७.६३ मिनेटमा पूरा गरेका हुन् । छोरेपाटनकै प्रकाश थिङ दोस्रो र अक्सफोर्डका ईश्वर ढकाल तेस्रो भए । उनीहरुले निर्धारित दुरी १७.१२.१३ मिनेट र १७.४७.९४ मिनेटमा पूरा गरेका हुन् ।

छात्रातर्फ प्रथम कविताले निर्धारित दुरी पार गर्न २२.३२.०१ मिनेट लगाइन् । उनले दौडमा २ सय ५३ जनालाई पछि पारेकी हुन् । छात्रातर्फ मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र छोरेपाटनकी साधना सेवा तेस्रो भइन् ।

छात्रछात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमश ७, ५ र ३ हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार पाए । चौथोदेखि १० औं स्थान प्राप्त गर्ने विद्यार्थीलाई समेत पदक र प्रमाणप दिइएको थियो ।

दौडमा ४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्रा गरी ८ सय ६८ जनाले भाग लिएका थिए । विजयीलाई गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पोखरा १ का अध्यक्ष शाहारा प्रधान, नेपाल भूतपूर्व खेलाडी मञ्चका कावा अध्यक्ष दिलबहादुर गुरुङ, अग्रज खेलाडी खड्गबहादुर रानाभाट, विद्यालय अध्यक्ष रामविक्रम राणा, प्रअ ईश्वरी सापकोटा, हीरक महोत्सव खेलकुद उपसमिति संयोजक एवं ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा विजेतालाई नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रोत्साहनस्वरुप पोखरा म्याराथन लोगोअंकित टिसर्ट प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width