पोखरा भिलेज अब चारतारे

पोखरा राजधानी घोषणालाई साकार रुप लिनुपर्ने मुख्यमन्त्रीको जोड

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
cm gandaki news 11 baisakh 1

पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट थ्रिस्टारको सुविधा दिएको उक्त होटल स्तरोन्नति गरी सञ्चालन गरिएको सञ्चालक हरि शर्मा गैह्रेले बताए । होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्बिट गरी ६५ वटा कोठा छन् । यस्तै, ३ वटा हल छन् ।

उक्त होटलको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले पोखरा पर्यटन राजधानी घोषणालाई साकार रुप दिन ३ तहका सरकारको भूमिका महत्पूर्ण हुने बताए ।

‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौं,’ उनले भने ।

पोखरालाई पर्यटनको राजधानी घोषणा नेपाल सरकारतर्फबाटै गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको गुनासो थियो । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीको मुखारबिन्दबाट घोषणा हुनु भने सुखद रहेको उनले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा नै प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले स्मरण गरे । ‘त्यतिबेला कोही चितवन भन्ने, कोही काठमाडांै त छँदैछ भन्ने, कोही के भन्ने त चलिरहेको थियो,’ उनले भने, ‘त्यो प्रस्ताव क्याबिनेटमा गएर होल्ड गरेको प्रस्ताव हो ।’

प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई स्वामित्वरुपमा लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । पोखरामा अझै केही पूर्वाधार अभाव भएकोले ती पूरा गर्नुपर्नेमा उनले बतँए ।

‘अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्नेखालको हलहरूको अभाव छ । होटलहरुको अभाव छ । त्यो लेभलमा पुग्नुपर्नेछ । पर्यटन राजधानी भनेपछि सबै कुरा पु¥याउँदै जानुपर्छ,’ उनले भने । यसैबीचमा निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारेस्तरको होटल सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दाबी गरे । पोखरालाई २४ सै घण्टा खुलाउन मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । उनले पोखराको पर्यटन क्षेत्रमा ६ अर्ब हाराहारीमा लगानी रहेको जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, होटलका जनरल मेनेजर लक्ष्मण खड्का, सञ्चालक बालकृष्ण गैह्रे लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width