कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
KRB_KTM-image_123650291(9)

stf/sf cld/nfO{ labfO sf7df8f}F, !@ j}zfvM stf/sf cld/ z]v tldd lag xdfb cn yfgLnfO{ lqe’jg cGt/f{li6«o ljdfg:yndf labfO ub}{ /fi6«klt /fdrGb| kf}8]n . g]kfnsf] b’O{lbg] /fhsLo e|d0f ;DkGg u/L pxfF cfh kmls{g” ePsf] xf] . tl:a/M ls/0f/fh lji6÷/f;;

पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि उनी मंगलबार काठमाडौं आएका थिए । बुधबार उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे । उनको बिदाइमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उनको भ्रमणका अवसरमा मंगलबार नेपालभर सार्वजनिक बिदा दिएको थियो ।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे । उनको भ्रमणका क्रममा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा भएको सम्झौताले निकै महत्व राख्ने अपेक्षा छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । यसैगरी, युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरे ।

यसैगरी, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका हुन् ।

उनको सम्मानमा मंगलबार राति राष्ट्रपति पौडेलले रात्री भोज आयोजना गरेका थिए । त्यस्तै प्रधानमन्त्री दाहालले पनि बुधबार द्वारिका होटलमा दिवाभोज आयोजना गरेका थिए ।

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर

२ देशबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । नेपाल र कतारबीच सन् २००५ मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल (२० जनवरी २००८ मा हस्ताक्षर भएको) थियो । त्यसयता कतारमा नेपाली कामदारको संख्या बढ्दै गएको छ । हाल कतारमा रहेका झण्डै ४ लाख नेपाली श्रमिकहरुको हकहित तथा रोजगारी सुरक्षाका विषयमा समेत सो कार्यसमूहले आवश्यक काम गर्नेछ । जसबाट त्यहाँ कार्यरत श्रमिकको विद्यमान समस्या समाधान हुनेमा अपेक्षा गरिएको छ । लगानी सम्मेलनको सम्मुखमा भएको कतारका अमिरको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा लगानीका दृष्टिले नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ ।

नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै २ देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो । नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस्तै कतार पक्षबाट कतारका महान्यायाधिवक्ता डा. अल बिन फेताइस अल–मरीले सन् २०१४ जुलाई १७ र १८ मा नेपालको भ्रमण गरेका थिए । दुवै देश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले व्यापार, लगानी, कृषि, पर्यटन तथा जनशक्ति उपयोगका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना छ ।

पोखरा विमानस्थलबारे चासो

कतारी अमिरको भ्रमण क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयले पनि प्रवेश पाएको छ । द्विपक्षीय वार्ताका प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई पोखरा र लुम्बिनीबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका थिए । साथै, काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाई सेवा भएको उल्लेख गर्दै उनले पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् ।

नेपाल र कतारबीचको श्रम सहकार्यलाई नयाँ ढंगबाट अघि बढाउन प्रचण्डको आग्रहमा कतारका अमिरले श्रम सहकार्यलाई थप बिस्तार गर्न सकिने उल्लेख गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाले बताए । सोक्रममा नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि सघाउन तथा हवाई सम्पर्क सञ्जाल बिस्तारका लागि कतार तयार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरका तर्फबाट उडान गर्न सकिने उनको भनाइ थियो ।

२ देशबीच धेरै सम्झौता तथा समझदारीपत्र (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुवै देशबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

गत वर्षको १ जनवरीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ महिनायता आन्तरिक उडानमै सीमित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width