सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०८०
autoways

पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा भारतबाट स्कुल बस नेपाल ल्याएको हो । नेपाल ल्याइएसँगै अटोवेजले बिहीबार सम्बन्धित विद्यालयलाई गाडी हस्तान्तरण गरेको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन् । ‘यी बसहरु ल्याएर हस्तान्तरण गर्नु अटोवेजको एक मात्र उद्देश्य सामुदायिक विद्यालको शैक्षिक गुणस्तर वृद्धि होस् भन्ने हो,’ निर्देशक पौडेलले भनिन् ।

गोरखाको अजरिकोट गाउँपालिका ४ स्थित श्री हिमालय माध्यमिक विद्यालय, तनहुँको आबुखैरनी गाउँपालिकाको अकला आधारभूत विद्यालय र आबुखैरनी १ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको निर्देशक पौडेलले बताइन् । अटोवज प्रालिले ल्याएको अन्य तीनवटा गाडी पोखराका तीन वटा सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

पोखरा २५ स्थित श्री अम्बिका माध्यमिक विद्यलाय, १८ स्थित श्री शान्त माध्यमिक विद्यालय र १६ स्थित श्री शान्ति माध्यमिक विद्यालयलाई स्कुले गाडी हस्तान्तरण गरिएको हो । यस अघिदेखि नै पोखराको नयाँबजारस्थित रहेको अटोवेज शोरुमले सामाजिक क्षेत्रका क्षेत्रका काम गर्दै आएको छ । अटोवेजले विद्यार्थी केन्द्रित कार्यक्रम आँखा शिविर गर्दै आएको छ । गत हप्तामात्र अटोवेजले तीन दिन आँखा शिविर संचालन सञ्चालन गरेको थियो ।

आँखा शिविर पनि विद्यालय केन्द्रित गरिएको थियो । यो शिविरमा स्कुल बसका चालक तथा सहचालकहरूलाई लक्षित गरेर निःशुल्क आँखा जाँच शिविर गरिएको थियो । शिविरले दिनहुँ हजारौँ विद्यार्थीहरूलाई ओसार पसार गर्ने चालक तथा सहचालकहरूको स्वास्थ्य हुनुपर्छ भनेर पोखराका अधिकांश विद्यालयमा निःशुल्क आँखा चेकजाँच गरिएको थियो ।

पोखरामा टोयटा, आइसर, कोमात्सु तथा बुलको आधिकारिक विक्रेता अटोवेजले विद्यार्थी, अभिभावक र विद्यालयसँग जोडेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । अटोवेजले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग समेत गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width