कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०८१
cabinet_WhCx8R6GB9

पोखरा । नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग