महानगरले विकल्प नदिए आन्दोलनमा उत्रने अटो मेकानिक्सको चेतावनी

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०८०
pcci aa

पोखरा। पोखरा क्षेत्रका अटो मेकानिक्स व्यवसायीहरुले पोखरा महानगरपालिकाले विकल्प बिना अटो व्यवसाय हटाउन खोजेको जिकिर गरेका छन् ।

महागनरले पोखरा बसपार्कभित्र रहेका १३ वटा अटो वक्र्ससप हटाउन सूचना जारी गरेसँगै उनीहरुले विकल्प नभएसम्म नहट्ने र आवश्यक परे आन्दोलन गर्ने चेतावनी पनि दिएका छ्न । पोखरा महागनगरपलिकाले पोखरा ९ मा रहेको बसपार्कबाट पोखरा आउने र जाने सबै बसहरु सञ्चालन गर्ने निर्णयसँगै त्यहाँ रहेका अस्थायी संरचनाहरु हटाउने निर्णय गरेको थियो । व्यवसायीहरु भने त्यसको विरुद्धमा रहेका छन् । उनीहरुले अटो व्यवसायलाई व्यवस्थित गर्न अटोल्यान्डको माग दोहो¥याउँदै आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्यसको नेतृत्व नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले लिएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष क्ुलबहादुर नेपालीले विकल्पबिना व्यवसायीलाई विस्थापित गर्न नपाइने र त्यसो गरिए आन्दोलन गर्ने घोषणा गरे ।
पोखरा उद्योग वाणिज्य संघ र गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजना गरिएको पोखराका अटो वक्र्ससपहरुको विकल्प खोजी तथा अटोल्यान्ड निर्माणबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् ।

‘पोखरा राम्रो बनाउन तयार छौं, विकल्प नदिइ हटाउने महानगरको निर्णय हामीलाई मान्य छैन, हामी आन्दोलन गर्छौ,’ उनले भने, ‘तर हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । र हामी सुरुको चरणमा स्थानीय जनप्रतिनिधिहरुको सवारी साधन मर्मत गदैनौं, त्यसले नपुगे सरकारी गाडी बनाउँदैनौं र माग संवोधन नभए देशैभर सबै प्रकारका गाडी मर्मत रोक्छौं ।’

उनलाई केन्द्रीय अध्यक्ष जनार्दन गैरे र गण्डकी अध्यक्ष सन्तोष मिश्रले समर्थन गरे । ‘हामी दर्ता गरेर व्यवसाय चलाउन तयार छौं, दर्ता नभएका व्यवसायीहरुलाई हामी नै दर्ता गर्न लगाउँछौं तर हाम्रो व्यवस्थापन हुनुप¥यो,’ गण्डकी अध्यक्ष सन्तोष मिश्रले भने । पृथ्वी राजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी र हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइराला, ट्युब टायर मर्मत व्यवसायी एसोसियनसका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी र पोखरा फ्रेब्रिकेटर्स एसोसियसनका अध्यक्ष लगायतले आन्दोलनमा ऐक्यवद्धता जनाउने प्रतिवद्धता जनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उद्योगी/व्यवसायीहरु बन्द र हड्तालको विपक्षमा रहनुपर्ने बताए । ‘व्यवसायीहरुले कर तिरेर व्यवसाय सञ्चालन गर्नुपर्छ, कर तिर्ने करदातालाई राज्यले संरक्षण अनि सुविधा दिनुपर्छ,’ उनले भने, ‘दर्ता नगरेको व्यवसायीले राज्यसँग सुविधा माग्न पाइँदैन तर राज्यको निकायमा दर्ता भएका व्यवसायीहरुको समस्याप्रति सबै तहका सरकार जिम्मेवार बन्नुपर्छ ।’ उनले अटो मेकानिक्स वक्र्सका समस्या समाधान गर्न महानगरको ध्यानाकर्षण गराए ।

पोखरा १६ का वडाध्यक्ष तथा महानगरबाट गठित यातायात व्यवस्थापन समितिका संयोजक अमृत तिम्सिनाले अटोल्यान्डका लागि जग्गाको खोजी भइरहेको जानकारी दिँदै समस्या समाधानको लागि सबैको सहयोग जरुरी रहेको बताए । ‘महानगरले बजेट विनियोजन गरेको छ, अटोल्यान्डका लागि जग्गा पनि खोजिएको छ, आउनुहोस्, तपाईंहरुले पनि सघाउनुहोस्, मिलेर जग्गा खोजौं, व्यवस्थापन गरौं,’ उनले भने । अटो वक्र्ससप एउटा सटर लिएर चल्ने व्यवसाय नभएको बताउँदै उनले अटो व्यवसायी पनि मापदण्ड पालना नगरेको जिकिर गरे । उनले थपे,‘व्यवसायीले पनि राम्रोसँग वक्र्ससपको व्यवस्थापन गर्न सक्नुभएको छैन, बाटो र सार्वजनिक जग्गा प्रयोग गरेर व्यवसाय गर्न मिल्दैन ।’ पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले व्यवसायीहरुले भोग्नुपरेका समस्या सल्टाउन महानगर गम्भीर हुनुपर्ने धारणा राखे । सुन्दर पोखरालाई अझ सुन्दर बनाउन अटोल्यान्ड अपरिहार्य रहेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…
  • सुजुकी जिम्नी र फ्रोन्क्स पोखरामा सार्वजनिक

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०८०
    पोखरा । सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स सोमबार पोखरामा सार्वजनिक गरिएको छ । सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक वितरक बतास…
  • यामाहा रेजेड आर १२५ को माइलेज टेस्ट राइड

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । यामाहा ब्रान्डको यामाहा रे जेड आर १२५ सिसी स्कुटरको माइलेज टेस्ट गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता भिएडब्लु…
  • बद्रीलाई १ किलो चाँदी उपहार

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८०
    पोखरा । बजाज नेपालले हेमजाका बद्री पौडेललाई १ किलो चाँदी उपहार दिएको छ । नेपालमा लिडरसिपको २५ औं वार्षिकोत्सव अवसरमा…

hero news full width