पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
aadarsha

पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा प्रशिक्षक प्रतीक्षा मल्लले किशोरीहरूको महिनावारी तथा रजस्वलाको समयमा आइपर्ने समस्या एवं समाधानका उपायहरूबारेमा प्रशिक्षण दिइन् ।

उनले समाजमा महिनावारी भएका व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणलाई चिरेर जानुपर्ने धारणा व्यक्त गरिन् । साथै सहप्रशिक्षक युनिका सापकोटाले विशेषगरी पहिलो पटक महिनावारी हुँदा विशेष सतर्कता अपनाउनुपर्ने धारणा व्यक्त गरिन् ।

उक्त कार्यक्रममा ७० जनाभन्दा बढी छात्राहरूको उपस्थिति थियो । विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन विद्यालयका सह प्राचार्य ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width