सहारा क्लबलाई स्मार्ट टिभी

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
sahara

पोखरा । पोखरा ९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा १७ बिरौटा निवासी धनकुमारी गुरुङले ४३ इन्चको टिभी प्रदान गरेकी छन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिका अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई अध्यापन गर्न सहज होस् भन्ने हेतुले टिभी प्रदान गरिएको सहयोगदाता गुरुङले बताइन् । टेलिभिजन हस्तान्तरण कार्यक्रममा सहयोगदाता धनकुमारी गुरुङले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामनासहित आशीर्वाद दिइन् ।

पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारीले स्वागत र शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेका थिए ।

विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यालयले व्यवस्था गरेकोमा खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरूको सहयोगले विद्यालय अझ माथि पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवं विद्यालयका अक्षयकोषदाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीलगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width