फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
fewa

पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

दिउँसो करिब ३ बजे अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९, अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह र ८ वर्षीया रजिना खातुन र डेढ वर्षीया मीरा रानी तालको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुणकुमार शर्माले बताए । तालमा गत २५ र २९ मा पनि अचानक आएको हावाहुरीका कारण डुंगा पल्ँिटदा दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width