खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०८१
Khelchha-Gandaki

पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४ वर्षमुनिका खेलाडीहरु सहभागी आवासीय फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागीलाई बुधबार सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, सहारा क्लबका मानार्थ सदस्यहरु महेश गुरुङ, लोकबहादुर गुरुङ, मुछेत्र गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको क्लबका सचिव टंक पौडेलले बताए ।

प्रशिक्षणमा ८ जिल्लाबाट ८ देखि १४ वर्ष सम्मका ३५ जनाको सहभागिता रहेको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उक्त प्रशिक्षणमा एकेडेमीसहित अन्य सहभागी भएको क्लबले जनाएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाले प्रतिभावान खेलाडी उत्पादनमा यस्तो प्रशिक्षणले सहयोग पुग्ने बताए ।

पोखरा रंगशालामा कसले अपनत्व गर्ने त्यसको आधिकारिक जिम्मा नभएको उनले गुनासो गरे । परिषदका सदस्य एवं मञ्चका पूर्वअध्यक्ष केशव पाठकले तल्लो स्तरबाट खेलाडी उत्पादन गर्न परिषदले खेल्छ गण्डकी अभियान सञ्चालन गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै