एनवाइएफ लिडर प्रोजेक्टमा पवज हेभेन विजेता

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
NYEF

पोखरा । पोखरामा शुक्रबार भएको ‘लिडर प्रोजेक्ट’मा पवज हेभेन समूह विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च पोखराको आयोजना र क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयको सहकार्यमा कार्यक्रम भएको हो ।

उनीहरुले घरपालुवा जनावरको हेरचाह, सुरक्षा कसरी गर्न सकिन्छ भन्ने योजना प्रस्तुत गरेका थिए । घरपालुवा जनावरको हेरचाहमा समय दिन नसक्नेहरुको लागि कम्पनी प्रभावकारी हुने उनीहरुको दाबी छ ।

१० समूह बीच प्रतिस्पर्धा भएको थियो । विजेता समूहलाई प्रोत्साहन स्वरुप ५० हजार प्रदान गरिएको कार्यक्रम संयोजक निकेश द्वाले जानकारी दिए । उनका अनुसार कार्यक्रमको लक्ष्य बिजनेस प्रशिक्षण मार्फत् युवालाई उद्यमशिलता तथा आर्थिक विकासमा सघाउनु हो ।

पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ, गोसेली ग्रुपका निर्देशक सुनिलकुमार गोशली र कर्माचार्य बेक्सका विक्रम कर्माचार्य निर्णायक थिए ।
नेपाली युवा उद्यमी मञ्चको आयोजना र क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयको सहकार्यमा कार्यक्रम भएको हो । पहिलो सेसन गत १७ गते भएको थियो ।
क्यानडाको आइभी बिजनेस स्कुलका विद्याथीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । आइभी बिजनेस स्कुलले नेपाल लगायत अरु ७ देशमा ‘लिडर प्रोजेक्ट’ चलाइरहेको छ ।

नेपाल युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीको संस्था हो । यसले युवा उद्यमीबीच उद्यमशीलतासम्बन्धी विचार आदानप्रदान गर्नुका साथै शिक्षा, तालिम र फेलोसिप लगायतका कार्य गर्दै आएको छ । संस्थामा ८ सयभन्दा बढी युवा उद्यमी आबद्ध छन् ।
कार्यक्रमको मुख्य प्रायोजकमा पोखरा फाइनान्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र हिमालयन एभरेस्ट इन्सुरेन्स र सहप्रायोजकमा मञ्चका ३२ युवा उद्यमीको सहयोग थियो ।

कार्यक्रममा पोखर महानगरपालिका व्यवसाय प्रवर्दन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width