चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
Chisakhola news

पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर प्रकाशन गरेको रजत स्मारिका २०८० स्वामी निशेषानन्द, विन्ध्यवासिनी पीठाधीशले लोकार्पण गरेका छन् ।

कार्यक्रममा स्वामी निशेषानन्दले वैदिक संस्कार, संस्कृतिको जगेर्नामा वेद विद्याश्रमको योगदानको प्रशंसा गर्दै चिसाखोला विद्याश्रममा आउँदा गुरुकुलीय वातावरणले आनन्द अनुभूति हुने बताए ।

ज्योतिष शिरोमणि प्राडा बलराम उपाध्याय रेग्मीले स्मारिकाले आर्थिक पारदर्शिता देखाउने भन्दै सबैलाई वेदको रक्षामा लाग्न आग्रह गरे । वेद विद्याश्रमका प्रमुख संरक्षक एवं संस्थापक अध्यक्ष मोक्षनाथ तिमिल्सिनाले विद्याश्रमको औपचारिक स्थापनादेखि हालसम्म दान दिने दाता, सहयोग गर्ने महानुभावलाई धन्यवाद् व्यक्त गरे ।

सोही अवसरमा ५ लाखभन्दा माथि अक्षयकोष दानदिने दातालाई मानार्थ प्रमुख संरक्षक, १ लाखभन्दा माथि अक्षयकोष दान दिने दातालाई मानार्थ संरक्षक र ५० हजारभन्दा माथि अक्षयकोष दान दिने दातालाई मानार्थ आजीवन सदस्यको प्रमाण पत्रद्वारा सम्मान गरियो ।

विद्याश्रमले स्थापनाकालदेखि सक्रिय सहयोग गर्ने २० जना महानुभावलाई सम्मानपत्र, दोसल्ला र करुवा सहित सम्मान, रजत कार्यक्रम अन्तर्गत प्रदेश व्यापी खुल्ला छन्दोबद्ध कविता प्रतियोगितामा प्रथम हुने संयोग बस्याल, द्वितीय हुने निकेश गिरी, तृतीय हुने नवराज अधिकारी र सान्त्वना हुने सुशिला पौडेल पहारीलाई क्रमशः ११ हजार, ८ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र र दोसल्लाद्वारा पुरस्कृत गरियो ।

पोखरा चिसाखोला वेद विद्याश्रमको प्रांगणमा भएको कार्यक्रमा चर्चित कविता वाचक शिव त्रिपाठीले कविता वाचन, झपटबहादुर थापा, केशवप्रसाद अम्गाईँ लगायतले मन्तव्य राखेका थिए । विद्याश्रम कार्य समिति अध्यक्ष मणिरत्न अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विव्यस अध्यक्ष गोपाल तिमिल्सिना र सञ्चालन सचिव गंगासागर उपाध्यायले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width