पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Aisa cup

पोखरा । पोखरामा शनिबार सुरु भएको एसिया कप ट्रायथोलन तथा दक्षिण एसियाली च्याम्पियनसिपमा एसिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्यान्डका इडा हानिसडोटिर च्याम्पियन बनेका हुन् ।

ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेन्डमा पूरा गरे । अस्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेके्न्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेन्डमा पूरा गरी तृतीय भए ।

महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घन्टा ६ मिनेट समय लगाइन् । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घन्टा ४२ सेकेन्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घन्टा ४ मिनेटमा पार गरे ।

दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले वर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले एक घन्टा २ मिनेट ३ सेकेन्डमा तोकिएको दूरी पार गरी उपाधि जिते । यसैगरी कौसिक विनयले १ घन्टा ३ मिनेट २६ सेकेन्ड लगाउँदै उपविजेता बने । नेपालका विपन खत्कत्वाले १ घन्टा ५ मिनेट २५ सेकेन्ड समय लगाउँदै तृतीय हुन सफल भए ।

महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी १ घन्टा ७ मिनेट ५१ सेकन्डमा पूरा गरी विजेता बने । नेपालका श्रेवी महर्जनले १ घन्टा ११ मिनेट ४५ सेकेन्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले १ घन्टा २१ मिनेट १३ सेकेन्डमा पूरा गरी तृतीय हुन सफल भए ।

यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले १ घन्टा ५ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने । प्रविन थारुले १ घन्टा ६ मिनेट २० सेकेन्डमा पार गरी द्वितीय र मुकेश थारुले १ घन्टा १५ मिनेट ११ सेकेन्डको समय लगाउँदै तृतीय हुन सफल भए ।

महिलातर्फ १ घन्टा ११ मिनेट ४५ सेकेन्डको समयमा दूरी पार गर्दै श्रेवी महर्जन च्याम्पियन बनिन् । शोभा बलामीले १ घन्टा २१ मिनेट १३ सेकेन्डमा पार गरी द्वितीय र ज्ञानुकुमारी चौधरीले १ घन्टा २१ मिनेट ५७ सेकेन्डमा पूरा गरी तृतीय हुन सफल भइन् । यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने । भारतकै कृषिभ पटेल द्वितीय र नेपालका यजु महर्जन तृतीय भए । महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेताबन्दा भारतका दुर्विशा पवार द्वितीय र प्रेरणा श्रवणकुमार तृतीय भए ।

नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, वल्र्ड ट्रायथोलन संघका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर) लगायतले पुरस्कार तथा मेडल वितरण गरे । प्रतियोगिताअन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा पौडी प्रतियोगिता

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…

hero news full width