ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
transgender

काठमाडौं । यौनिक तथा अल्पसंख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

निलहिरा समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसंख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले बताइन् ।

यौनिक तथा अल्पसंख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न लागेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसंख्यक मानसिक रोग होइन भनेर घोषणा गरेको अवसरमा दिवस मनाउँदै आएका छन् । यस वर्ष ‘कोही पनि पछाडि नपारिउन स् सबैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ दिवश मनाइँदै छ ।

राष्ट्रिय नाचघरमा प्रतियोगिता हुनेछ । १९ जना सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई नगद राशीसहित प्रमाणपत्र दिइने छ । शेरचनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ । आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनेलाई क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि १५ दिनसम्म तालिम दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width