स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
buddi prayer progrem photo

पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले उनको २१ औं स्मृति दिवस अवसरमा प्रकाशन गरेको उक्त कृति सार्वजनिक गरिएको हो ।

ग्रन्थ सार्वजनिक गर्दै वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेपालको संस्कृति विकासमा परियार समुदायको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै बुद्धि परियार पिल्सिएका कलाकार भएको आंैल्याए । परियारले आफ्ना गीतसंगीत मार्फत गीतकारको हैसियतले रोयल्टी पाउनुपर्ने दाबी गर्दै संस्कृतिकर्मी श्रेष्ठले गीत संगीतमा पनि न्याय माग्नुपर्ने परिस्थिति आउनु दुखद भएको जनाए । उनले परिवारलाई जीवन्त बनाउन मञ्चले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पनि पारे ।

लोकगायिका हरिदेवी कोइरालाले गीत संगीतमाझ विश्व चिनिएका बहुआयामिक व्यक्तित्व रुपमा परियारलाई चिनाउँदै उनका प्राय सबै गीत कालजयी रहेको बताइन् । परिवारलाई माइती दाजै भन्दै गायिका कोइरालाले अझै पनि सर्जकको कलालाई चिन्न नसक्नु दुखद भएको धारणा राखिन् । परियार विश्वकै मणि रहेको उनको भनाइ छ ।

पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पद्मराज ढकालले परियारले नेपाली तथा विदेशीले समेत रुचाउने गीत सिर्जना गर्ने गरेको स्मरण गरे । उनले रेशम फिरिरि भाखामा चाइनीज गीत सुनाउँदै ग्योबल कलिजियट विद्यालयमा परियारले नृत्य निर्देशकको भूमिका निर्वाह गरेको स्मरण गरे ।

बुद्धिका छोरा धर्मेन्द्र सेवानले बुबाबाट आफूले संघर्षको पाठ सिकेको औंल्याउँदै आयोजक तथा ग्रन्थ प्रकाशक समानान्तर साहित्यिक मञ्चप्रति आभार जनाए । उनले लोकगीतका सर्जकप्रति अन्याय भइरहेकोमा खबरदारी गर्दै संकलकले पनि सर्जकले जस्तै सम्मान पाउनुपर्ने धारणा राखे ।

तत्कालीन समयमा गीत गाउनकै लागि पोखराबाट काठमाडौं पैदल जानु बुबाको ठूलो संघर्ष भएको सेवानको भनाइ छ । परिवार सेवा समाज कास्की अध्यक्ष किसन परियारले कालजयी गीत निर्माणमा परिवारको स्मरण गर्दै समाजद्वारा प्रकाशन हुने स्मारिकामा उनलाई महत्वपूर्ण स्थान दिने प्रतिबद्धता जनाए । त्यस अवसरमा डिएसपी श्रवणकुमार विक, समाजसेवी नरेन्द्र भित्रकोटी, वरिष्ठ तवलाबादक श्यामलाल श्रेष्ठ, गायक राम नेपाली लगायतले पनि धारणा राख्दै बुद्धि परियारको स्मरण गरे ।

उनीहरुले परियार नेपालकै नक्षेत्र रहेको, विभेद र असमानताबीच जीएको, नेपाल प्रहरीमा पनि सेवा गरेका तथा बेहोसी प्रेमीका रुपमा परियारलाई चिनाए । नेपाली गीतसंगीत क्षेत्रलाई उचाइमा पु¥याउन बुद्धि परियारको योगदान ठूलो रहेको उनीहरुले सम्झिए । मञ्च सदस्य सविना सुनामको समूहले रेशम फिरिरि तथा छोरा सेवानले हेर्दा राम्रो माछापुच्छे« गीत प्रस्तुत गरे ।

मञ्च अध्यक्ष विश्वराज रसाइलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य सुनामले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश एवं सचिव बुद्धिबहादुर विश्वकर्माले कार्यक्रम सञ्चालन गरे । २००७ सालमा पोखरा बैदाममा जन्मिएका बुद्धि परियार लोकगायक, सर्जक एवं नृत्य निर्देशकका रुपमा चिनिन्छन् । उनको २०६० सालमा ५३ वर्षको उमेरमा निधन भएको थियो । उनका गीत नेपालमा मात्र नभई विदेशमा समेत लोकप्रिय छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width