पोखरा चाइल्ड स्टार उपाधि

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
child star

पोखरा । पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वेच्छा क्षत्री भए । केटातर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनरअप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने ।

नन्द इन्टरटेनमेन्ट हाउसले आयोजना गरेको इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए ।

निर्णायक मण्डल प्रमुख डा. जग्गनाथ रेग्मी रहेकोमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी तथा शिक्षिका जमुना गिरीसमेत थिए । जसको व्यवस्थापन प्राडा यमबहादुर पौडेल क्षत्रीले गरेका हुन् ।

विजेतालाई एसएसपी शारदाप्रसाद चौधरीबाट अवार्ड, ताज तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

साहित्यकार देशभक्तसिंह कुँवर, संकेत अगस्ती र गायक विश्वराज न्यौपानेलाई सम्मान गरिनुका साथै चाइल्ड स्टार सिजन–१ विजेता विल्सन ठकुरीको म्यूजिक भिडियो सार्वजनिक भयो । पूजा शर्मा र रोहन गुरुङको कोरियोग्राफी रहेको कार्यक्रमको सञ्चालन सुमी पुरी र देवेन्द्र शाहीले गरे । स्वागत सोनी पुरीले गरिन् । आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापाले समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width