कास्कीकोट दरवार पुनः निमार्ण सुरु

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
darbar photo

पोखरा, ५ असोज । पोखरा महानगरपालीका २४,कास्कीकोटमा रहेको तत्कालिन कास्की राज्यको दरवार तथा गुप्तकाली मन्दिर पुनः निमार्ण कार्य सुरु भएको छ । २०७२ साल वैशाख १२ गते मन्दिरमा भूकम्पले क्षति पुगेकोल थियो । कास्की दरवार पुरातत्व विभागको करीव २ करोड ६५ लाख रुपैयाँको लागतमा दरवार र मन्दिरको पुनः निमार्ण गर्न लागेको विभागका इन्जिनियर नवीन पाण्डेले जानकारी दिए ।

दरवारको पुनःनिमार्णमा चुना,सुर्कीको प्रयोग गरी निमार्ण कार्य भैरहको छ । अहिले दरवार शिखरी र पेगौडा शैलीमा निमार्ण कार्य भैरहेको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दीलिप विक्रम शाहीले वताए । अहिले मन्दिर भत्काउने काम भैरहेको छ ।

गुप्तकालीका मन्दिरमा दशैंमा हुने नवदुर्गा पूजा भने निरन्तर रुपमा अगाडि वढाइने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले वताएका छन् । उनले भने – परापूर्वकाल देखिनै चल्दै आएको गुप्तकालीकाको पूजा तान्त्रिक एवम् वैदिक तरिकाबाट हुदै आइरहेको छ , नव दुर्गामा सत्रौ शताव्दीका हात हतियारहरुको प्रर्दशनी र फूलपातीको दिनमा पोखराको रामघाटबाट ल्याइने फूलपत्र सहितको डोली मन्दिरमा प्रवेश गराइने छ ” । कास्कीकोट गुप्तकालीका मन्दिरमा वर्षेनी हजारौ दर्शानार्थीहरुको भीड लाग्ने गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width