सिक्लेसलाई सांस्कृतिक ग्राम बनाइने

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
sik

पोखरा, ३१ भदौ । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले सिक्लेसलाई साँस्कृतिक ग्राम बनाउने आश्वासन दिएका छन् ।

सिक्लेसका सबै घरहरु एउटै प्रकृतिबाट निर्माण गरिने, गाउँमा ढलान घर निर्माण गर्न प्रतिवन्ध लगाइने बताए । सिक्लेसमा निर्माण हुन लागेको नम्जु च्युउली युँउला क्होईबुको सहयोगार्थ सोमबार चिउली पार्चे तमू समाज पोखरामा भएको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आश्वाशन दिएका हुन् ।
सिक्लेसमा निर्माण हुन लागेको दुई वटै क्होइबोको लागि गाउँपालिकाले आगुवाई गर्ने र निर्माणका लागि सहयोग गर्ने अध्यक्ष गुरुङले बताए । यतिवेला गाउँपालिकाले १० लाख रुपैयाँको लागतमा संँस्कृतिक ग्राम निर्माणका लागि डिपीआर तयारी पारेको जानकारी उनले दिए ।

अब सिक्लेसका सबै चोक, चौतारा, बाटो, धारा एउटै प्रकृतिका हुने छन् अध्यक्ष गुरुङले भने– मादी गाउँपालिकाभित्र सञ्चालनमा रहेका दुई जलविद्युत आयोजनाबाट गाउँपालिकालाई २५ प्रतिशत रोयल्टी बापत दुई वर्षमा ४० लाख रुपैयाँ प्राप्त भएको जानकारी उनले सो अवसरमा सार्वजनिक गरेका थिए ।
गाउँपालिका भित्र निर्माणमा रहेका र योजनामा रहेको सबै जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि ती आयोजनाबाट गाउँपालिकालाई जलविद्युतको रोयल्टी बापत वार्षिक ३ करोड रुपैयाँ आम्दानी हुने अध्यक्ष गुरुङले बताए ।

मादी गाउँपालिका भित्र १४ वटा हिमश्रृङखलाहरु रहेको भन्दै अहिले १० वटा हिमालमा आरोहण हुने गरेको र ती सबै आरोहण मनाङ जिल्लाबाट हुने गरेका छ, गाउँपालिका भित्रको हिमाल चढेवापत रोयल्टी यो वर्ष गाउँपालिकालाई ७ लाख रुपैंयाँ उठेको जानकारी गुरुङले दिए ।

संस्कृति र सम्पदाहरु जति प्रयोग भए त्यति नै बढदै र संरक्षण हुँदै जाने हुँदा हाम्रो भाषा संस्कृति र परम्पराको रक्षाको लागि यसलाई प्रयोग नै गर्नुपर्ने उनले बताए । कार्यक्रममा तमू प्ये ल्हु संघका केन्दी्रय अध्यक्ष हितकाजी तमु, नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर कमिटीका अध्यक्ष जंगबहादुर गुरुङ, मादी–१ का वडा अध्यक्ष सुरजकुमार गुरुङ, कुलप्रसाद गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width