धितालमा ‘अग्निदहन’

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
a852897b02976b63a5e6a94d33712f46_Fotor

बोक्सी कु–प्रथाविरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छ्रे गाउँपालिका–६, धितालस्थित अस्ताममा प्रदर्शन गरिएको छ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राति उक्त स्थानमा प्रदर्शन गरिएको हो। सो चलचित्रको करिब ६० प्रतिशत छायाङ्कन अस्ताममै गरिएको थियो।

प्रमुख अतिथि स्थानीय प्रगतिशील आमा समूह अध्यक्ष मालती अधिकारीले बोक्सी कु–प्रथाविरुद्वको अभियानमा आमा समूहले भूमिका खेल्नुपनेर्मा जोड दिइन्। सरकारले गर्नुपर्ने काम नागरिकस्तरबाट प्रतिष्ठानले गरेको भन्दै उनले प्रतिष्ठानको कार्य प्रशंसा गरिन्।

तत्कालीन धिताल गाविसका अध्यक्ष नन्दलाल अधिकारीले चलचित्रको सन्देशलाई देशैभर लैजानुपनेर्मा जोड दिए। उनले नेपालको तराई क्षेत्र र पहाडका अशिक्षित क्षेत्र छनोट गरी चलचित्र प्रदर्शन गर्न सुझाव दिए।

प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले स्वागत र प्रतिष्ठान सल्लाहकार शोभाकर भण्डारीले संचालन गरेका थिए।

कार्यक्रममा तल्लो अस्ताम तथा माथिल्लो अस्तामका गरी करिब २ सय जना महिला दर्शक सहभागी थिए।

Related News

सम्बन्धित समाचार

hero news full width