शुभद्रा, किशोर र तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
पोखरा । फिल्म तथा फिल्मका कलाकार र प्राविधिकहरूलाई प्रतिस्पर्धाका रूपमा प्रदान गरिँदै आएको राष्ट्रिय पुरस्कार एकसाथ प्रदान गरिएको छ ।
एकैपटक तीन वर्षको राष्ट्रिय अवार्ड हस्तान्तरण गरिएको हो ।
सञ्चार तथा सूचिना प्रविधि मन्त्रालय अन्र्तगतको चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । यसअघि, राष्ट्रपति भण्डारीले समय नदिएका कारण ३ वर्षदेखि राष्ट्रिय पुरस्कार रोकिएको थियो ।
बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान समारोहमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीले २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान गरेकी हुन् ।
सो अवसरमा २०७३ सालका लागि ‘जात्रा’ फिल्मबाट मित्रदेव गुरुङले उत्कृष्ट सम्पादन, ‘लभ सासा’बाट शिवराम श्रेष्ठले छायांकन, ‘कालो पोथी’बाट मीनबहादुर भाम र अविनाश विक्रम शाहले लेखन (कथा, पटकथा, संवाद), ‘निभ्न लागेको दियो’ (डाइङ क्यान्डल) बाट सिर्जना सुब्बाले अभिनेतृ, ‘जात्रा’बाट विपिन कार्कीले अभिनेता, ‘सेतो सूर्य’बाट दीपक रौनियारले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।
‘कालो पोथी’ वर्ष २०७३ को उत्कृष्ट फिल्म सावित घोषणा गरिएको छ । सोही वर्षका लागि ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले), उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी चलचित्र तथा ‘छक्का पञ्जा’ उत्कृष्ट लोकप्रिय फिल्म सावित भएको छ । वर्ष २०७३ का लागि अभिनेतृ सुभद्रा अधिकारीलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ ।
त्यसैगरी २०७४ सालका लागि ‘मंगलम्’बाट मित्रदेव गुरुङले उत्कृष्ट छायांकन, ‘कृ’बाट पुरुषोत्तम प्रधानले छायांकन, ‘धनपति’बाट खगेन्द्र लामिछानेले कथा, पटकथा र संवाद, ‘ब्लाइन्ड रक्स’बाट बेनिशा हमालले अभिनेतृ, ‘मंगलम्’बाटै पुष्पबहादुर खड्काले अभिनेता र ‘ब्लाइन्ड रक्स’बाटै मिलन चाम्सले उत्कृष्ट निर्देशकको राष्ट्रिय पुरस्कार चुमेका छन् ।
वर्ष २०७४ का लागि शेर्पा भाषाको फिल्म ‘टिन्छेन फामा’ले उत्कृष्ट आदिवासी जनजाति, विभिन्न मातृभाषी फिल्मको अवार्ड लगेको छ । सोही वर्षका लागि मिथिला शर्मा र रमेश रञ्जन झाले उल्लेखनीय अभिनयको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका छन् ।
वर्ष २०७४ का लागि निर्देशक तथा लेखक किशोर रानामगरलाई दीर्घ साधना सम्मानको घोषणा गरिएको छ । वर्ष २०७५ का लागि फिल्म ‘गोपी’बाट दीपेन्द्र लामा उत्कृष्ट कथा तथा सामीप्यराज तिमल्सिनाले पटकथा र संवाद, ‘समर लभ’बाट सञ्जय लामाले छायांकन, ‘साइँली’बाट निमेश श्रेष्ठले सम्पादन, ‘बुलबुल’बाट स्वस्तिमा खड्काले अभिनेतृ, प्रसादबाट विपिन कार्कीले अभिनेता र ‘बुलबुल’बाट विनोद पौडेलले निर्देशकको राष्ट्रिय पुरस्कार हात पारेका छन् ।
‘गोपी’ २०७५ का लागि उत्कृष्ट चलचित्र सावित भएको छ । वर्ष २०७५ का लागि ‘भोर’बाट पूजा कर्णलाई जुरी प्रोत्साहन सम्मान प्रदान गरिएको छ । सोही वर्षका लागि आमा सरस्वती मुभिज प्रालिलाई फिल्मको व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान प्रदान गरियो भने गुरुङ भाषाको फिल्म ‘रिजे नासाँ’लाई उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी फिल्मको राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । सोही वर्षका लागि फिल्म निर्माता, निर्देशक, लेखक, छायांकार तथा सम्पादक तुलसी घिमिरेलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ ।
यस वर्षबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता सबैलाई ट्रफी र पुरस्कारका साथमा जनही नगद २५ हजार रुपियाँ समेत प्रदान गरिएको थियो । त्यसैगरी, दीर्घ साधना सम्मानबाट सम्मानित हुने सबैलाई जनही ३ लाख ५१ हजार १ सय ११ रुपियाँ प्रदान गरिएको थियो । समारोहमा तीन वर्षका जूरी सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
वर्ष २०७३ का लागि रमेश बुढाथोकीको संयोजकत्वमा केशव भट्टराई, रूपा राना, विनोद पौडेल र सामीप्यराज तिमल्सेना निर्णायक सदस्य रहेका थिए । वर्ष २०७४ का लागि लक्ष्मीनाथ शर्माको संयोजकत्वमा सुचित्रा श्रेष्ठ, फूलमान वल, सवनम मुखिया र विष्णुप्रसाद सुवेदी निर्णायक सदस्य थिए । त्यसैगरी, वर्ष २०७५ का लागि नीरविक्रम शाहको संयोजकत्वमा प्रा. केशव सुवेदी, दिनेश डीसी, गौरी मल्ल र ध्रुव लम्साल निर्णायक सदस्य थिए ।
Related News
सम्बन्धित समाचार
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
पर्यटनको विकासमा संगीतको महत्व उच्च
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१