समता काव्य सन्ध्यामा प्रकाश घिमिरे

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
prakash ghimire

पोखरा । लामो समय शिक्षण पेसामा संलग्न रहेका प्रकाश घिमिरेको परिचय फराकिलो छ । सादा जीवनका पर्याय घिमिरे पोखराको नदीपुरमा बस्छन् । पिता तेजनाथ घिमिरे चोटिला कविता लेख्थे । पिताकै प्रभावले होला खै कहिले हो उनी पनि कविता लेख्न थालेछन् । तर उनलाई कवि भनेर कमैले चिन्छन् । रंगमञ्च र फिल्ममा भने उनको अनुहार परिचित नै हो । पशुपति प्रसाद, टलकजंग भर्सेस् टुल्केजस्ता फिल्ममा उनको जीवन्त अभिनय देख्न सकिन्छ ।

डेढ महिना अघि घर नजिकैको पाखामा गाईलाई घाँस काट्न गएका बेला भीर लडे । अवस्था गम्भीर नै थियो, भाग्यवश उनी निको भएर पुरानै लयमा फर्किए । उनै प्रकाश शनिबार पोयुसापको ३६४ औं समता काव्य सन्ध्यामा कवि अवतारमा झुल्किए । जीवन भोगाइका तितामिठा गफका साथमा उनले हिमालयन रिडर्स कर्नरको प्रेक्ष्यालयमा कविता सुनाए ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले बहुरुपि घिमिरेको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको सुनाए । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले प्रकाश घिमिरेले दोस्रो जीवन पाएकामा उत्सव मनाइएको बताए । उक्त अवसरमा लक्ष्मण थापा, केशु शर्मा, रोशन रेग्मी, जीवन पौडेल, इसा शाह, महेश नायक, भूमिराज बस्ताकोटीले रचना वाचन गरेको सचिव चैतन्य अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width