सानै उमेरमा कलाकार बन्ने रहर

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८०
Oxford 2

पोखरा ।  कक्षा ७ का विकल विक बेलुन फुक्दै थिए । उनी साना भाइबहिनीजस्तो खेलाउन बेलुन फुकेका थिएनन् । महिलाको भूमिका प्रस्तुत गर्ने तयारीमा कुर्ता र सलबार लगाएका उनी खैरो लामो कपाल र ऊनीको टोपीमा थिए । रातो सारी र ब्लाउजमा चिटिक्क थिइन् श्रीयांशी सापकोटा । उमेरले सानै, बल्ल ४ कक्षामा पढ्ने । यस्तै पहिरनमा थिइन् एरिका आचार्य । उनी युकेजीकी छात्रा हुन् ।
कक्षा ६ मा पढ्ने ११ वर्षीया शिला गुरुङले दौरा सुरुवाल, टोपी, कोट र चस्मा लगाएकी थिइन् । कपास र कालो दलेर पुरुष रुपमा अभिनयको तयारीमा थिइन् । उनको भूमिका थियो अधबैंसे गुन्द्रुके नेताको ।
१४ वर्षीया सुस्मिता परियार पुरुषको अभिनयमा थिइन् । ५० वर्षको हराहारीको पुरुषको जस्तो देखिन्छ उनको पहिरन र हाउभाउ । पुरुष बन्न ढाका टोपी, थोत्रो जुत्ता, कालो कोट, कपडा बेरेर बनाएको ठूलो भुँडी बनाएको देखिन्छ ।
कक्षा ७ का रोमित भण्डारी भने अधबैंसे महिलाका रुपमा देखिए ।कक्षा ९ का ईश्वर ढकाल जादुगररुपमा देखिए । उनले ३ जना केटाहरूलाई बाँदर बनाएको दृश्य देखाए ।

यी र यस्तै दृश्य देखिए कलाकार बन्न चाहना भएका अक्सफोर्ड स्कुलका विद्यार्थीको हास्यव्यंग्य प्रस्तुतिमा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्डले वार्षिक कार्यतालिकाबमोजिम गाईजात्राका सन्दर्भमा अक्सफोर्ड कमेडी च्याम्पियन–२०८० आयोजना गरेको हो । विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरे । विपरीत लिंगी देखिने गरी छात्रले महिलाको र छात्राले पुरुषको रुपमा समेत आफूहरूको प्रहसन गर्दै विकृतिविरुद्ध व्यङ्ग्य र सन्देश दिने प्रस्तुति राखेका थिए ।
२ तहमा गरिएको कमेडी च्याम्पियनको सिनियरतर्फको उपाधि कक्षा ९ का गौरव आचार्यको समूहले हात पारेको छ । उक्त समूहमा ईश्वर ढकाल, सौगात परियार, युनिश गुरुङ, विपीन सुनार, रोहित गुरुङ, कुशल सुनार, प्रशान्त लामा, आकाश गुरुङ, हिमाल आचार्य, सुदीप गिरी, विपन विक, सुजन सुनार, स्वरुप गुरुङ र रिसब विक सहभागी थिए ।
यस्तै, कक्षा ७ का लीना गुरुङको समूह द्वितीय भएको छ । सो समूहमा सुस्मिता परियार, रोमित भण्डारी, ओमबहादुर परियार, सृष्टि पाण्डे, अञ्जली विक, करिना विक, सेजल विक, जेनिशा नेपाली र सुभाष गुरुङ थिए ।
कक्षा ६ बाट ३ समूहको प्रतिस्पर्धा रहेकोमा २ समूह तृतीय स्थान ओगट्न सफल भए । शिला गुरुङको समूहमा आयुष्मा सुवेदी, सजनी श्रेष्ठ, जोया बानु, अनु विक, दिव्या गुरुङ, रेश्मा परियार, रिदिशा सुनार, अफिफा खातुन र गरिमा गुरुङ रहेका थिए । त्यस्तै जेनिश पौडेलको समूहमा करण विक, नितीन बराल, अब्दुर रहमान, प्रवेश परियार, सुरज सुनार, सचिन गुरुङ, विनय विक, प्र्रसिम गुरुङ, सक्षम दाहाल, मनीष बराल र प्रवीन गुरुङ रहेको शिक्षक विष्णु दाहालले जानकारी दिइन् ।
यस्तै कक्षा ४ को रोहन पटेलको समूह जुनियरतर्फ अक्सफोर्ड च्याम्पियन बनेको छ । उक्त समूहमा रोहन पाइजा, विप्लव भुजेल, आशिफा खातुन, आयुष सुनार, जोहन रसाइली, प्रतीक सुनार, रोशन विक, श्रीयांशी सापकोटा, सुरज रसाइली र आशिका गुरुङ थिए ।
जुनियरतर्फ कक्षा ३ रोजको एन्जल सुनारको समूह द्वितीय भएको छ । उक्त समूहमा आयुष गुरुङ, अमृत सुनार, सुजन सुनार, सागर सुनार, युरोस कुँवर, कृतेश मल्ल, रियांश भट्ट, रोशनी केसी, दिपीका विक, नान्सी गुरुङ, ब्रिनिशा गुइडेल र निरज आचार्य थिए ।
कक्षा ५ को ओजस्वी आचार्यको समूह तृतीय भएको छ । उक्त समूहमा जेविसा अधिकारी, रविना सापकोटा, स्मारिका सुवेदी, आङ्शी आचार्य, रेहाना थापामगर, किन्जल गुरुङ र कृतेश बराल सहभागी थिए ।


हास्यव्यङ्ग्य प्रतियोगितामा गन्धर्व नाटकघरका कलाकार रोहित पौडेल र सुशान पौडेल निर्णायक रहेको शिक्षक मनोज बरालले जानकारी दिए ।
विद्यालयका प्रशासक भूमिराज अधिकारीले विद्यार्थीको अन्तरनिहीत प्रतिभा बाहिर ल्याउन विद्यालयले विद्यार्थीकेन्द्रित क्रियाकलापमा जोड दिएको बताए ।
विद्यालयका सहायक प्रअ घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विनोदराज आचार्य र कक्षा ९ की छात्रा सुजता सुनारले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width