यु–१९ क्रिकेट बिजेतालाई अर्थ मन्त्रालयको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
Cricket Photo

पोखरा । १९ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सम्मान तथा बधाई दिएका छन् ।
कैलालीको धनगढीमा हालै सम्पन्नसुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको गण्डकी प्रदेशको टिमलाई मन्त्रालयले सम्मान गरेको हो । कार्यक्रममा मन्त्री बरालले प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पु¥याएको भन्दै प्रदेश सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । टोलीमा १४ खेलाडी, १ प्रशिक्षक, १ व्यवस्थापक र २ सहायक प्रशिक्षक रहेका छन् । प्रदेश सरकारले सहभागी खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैयाँ सहयोग गर्न चाहेको उनले बताए । खेलाडीको प्रोत्साहनस्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा उक्त रकम दिने सोच बनाएको मन्त्री बरालले बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले उक्त जीतले गण्डकी प्रदेशलाई ठूलो खुसी प्रदान गरेको बताउँदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविष्य ग्यारेन्टी गर्नुपर्ने बताए । सम्भावना भएका खेलाडीहरु पलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने उनको जोड थियो ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालीन योजना अनुसार लगानी आवश्यक भएको बताए । गण्डकी प्रदेशका खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जीतले प्रदेशका २५ लाख जनतामा खुसी छाएको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width