फिस्टेल एसइई कपमा क्वाटरफाइनल सकियो

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
Fistail see cup

पोखरा । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटरफाइनलका खेलहरू मंगलबार सम्पन्न भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा कालिका माविले ढुंगेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा शान्ति निकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजित गर्‍यो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो । अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।

छात्रातर्फको ३-३ बास्केटबलका लिग चरणका खेलहरू पनि मंगलबार नै सम्पन्न भए । जम्मा ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनी होम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमा प्रवेश गरे ।

सेभेन ए साइड छात्र फुटबल तथा ३- ३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधवार सम्पन्न हुने छन् । बुधवार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुने छ । फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width