पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खुशीयालीस्वरुप विशेष उत्साह र उमंगका साथ विभिन्न समुदायले मनाउने माघे संक्रान्ति पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउनुभएको छ ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले मगर समुदायका माघे सङ्क्रान्ति, थारू समुदायका माघी, गुरुङ समुदायका माङी ल्हें, छन्त्याल समुदायका छार म्हेङ, तीन गाउँले थकाली समुदायका नयाँ वर्ष २१४८ (गाई वर्ग–ल्हाङल्हो) का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
“नेपाल सरकारले माघे संक्रान्तिलाई औपचारिकरूपमा मगर तथा थारू समुदायको राष्ट्रिय पर्वको मान्यता दिएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यसलाई मुलुकका प्रायः सबै समुदायले धुमधामका साथ परम्परागतदेखि नै मनाउँदै आएको पाइएको छ ।”
विभिन्न समुदायमा यसलाई फरक–फरक नामले पुकारिए पनि समग्रमा माघे सङ्क्रान्ति पर्व जाडोको अन्त्य हुने र न्यानोको आगमन हुने दिन भएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ “ पूर्वजहरु कन्दमूलबाटै जीवनयापन गरेको दिनलाई पनि यस पर्वले पुनः स्मृतिको ऐतिहासिक सम्झना हाम्रा पुसमा पकाएर माघमा खाने तरुल, सखरखण्ड आदि फलहरु खाने चलनको निरन्तरता कायम रहिआएको उदाहरणबाट माघे संक्रान्ति पर्वको नेपाली समुदायमा अत्यन्त ठूलो महिमा छ भन्ने प्रमाणित हुन्छ । ”
Related News
सम्बन्धित समाचार
भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१