पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
mahayagya (1)

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ ।

ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट शान्ति कलशसहितको शोभा यात्रा तथा बाजागाजासहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो ।

महायज्ञ शुभारम्भ गर्दै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले धर्म, संस्कार र संस्कृति संरक्षणमा महायज्ञले टेवा पु¥याउने बताए । उनले ज्ञानभूमि काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभूमि रहेको बताउँदै लोककल्याण तथा विशुद्ध आध्यात्मिक साधनाको उद्देश्यमा महायज्ञ केन्द्रित रहेको उल्लेख गरे ।

ज्ञानमहायज्ञका प्रमुख भागवत्वाचक हरिहर सन्यास आश्रम, देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधीश श्री रमणान्द गिरीजी महाराज, श्री १००८ स्वामी केशवानन्द गिरीजी महाराज लगायतको उपस्थिति थियो ।

ज्ञानमहायज्ञ सम्पादन समिति अध्यक्ष लक्ष्मण पौडेल, सहअध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रवीन्द्र मिश्र, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारीलगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुनको साथै विश्वमा शान्ति फैलने विषयमा जोड दिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने हिसाबले आयोजना गरिएको ज्ञानमहायज्ञ वैशाख १० गतेसम्म सञ्चालन हुनेछ ।
वैशाख ३ गतेदेखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुने र १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञको समापन हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चण्डी मन्दिरमा नवदुर्गा पूजा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । पोखरा ९, दरबारथोकस्थित ऐतिहासिक चण्डी मन्दिरमा यसपालि पनि नवदुर्गा पूजा तथा चण्डीपाठ हुने भएको छ । नवदुर्गा पूजा…
  • मानव मिलनको टोली भारत प्रस्थान

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव मिलन नेपालको टोली शनिबार भारततर्फ प्रस्थान गरेको छ । टोलीमा मानव…
  • पोखरामा पनि कोटीहोम हुने

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । पोखराको धार्मिकस्थल ढुंगेसाँघु चिनाउन कोटी होम आयोजना गरिने भएको छ । आगामी मंसिरमा पोखरा १५, ढुंगेसाँघुमा शिव मन्दिर…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पेखरा । पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल…
  • श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन समापन

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । श्रीकृष्ण प्राकाट्य महामहोत्सव आयोजनासँगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एकमहिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन…

hero news full width