लेकसिटीमा विश्वकल्याण

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८१
lake city photo 4

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । प्राडा पराजुली यसअघि पनि अध्यक्ष थिए ।

सदस्यमा डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायणकुमार श्रेष्ठ चयन भए ।

लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले साधारणसभाको कार्यक्रम उद्घाटन गरेका थिए ।

संस्थापक अध्यक्ष कोइरालाले कलेजले पढाइसँगै सामाजिक कार्यमा पनि अगाडि बढेकोमा खुसी व्यक्त गरे । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि जोड दिनुपर्ने उनको जोड थियो ।

क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठले विद्यार्थीलाई हरेक वर्ष सामाजिक कार्य दिवस र प्रेस स्वतन्त्रता दिवसमा प्रत्यक्ष सहभागी गराए कार्यक्रम गरिने बताए । स्वदेश तथा विदेशमा लामो समयसम्म पत्रकारिता गरिरहेका पत्रकार र कलेजका विद्यार्थीबीच अन्तरक्रिया गरिने प्रमुख श्रेष्ठले बताए । उनले कलेजका कम्तीमा २० विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराइने लक्ष्य रहेको बताए ।

क्याम्पस संचालक समिति अध्यक्ष प्राडा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति सदस्य एवं मानविकी संकाय संयोजक उपेन्द्र पौडेलले स्वागत र संचालक समिति सदस्य शोभाकान्त सिग्देलले संचालन गरेका थिए ।

क्याम्पस प्रमुख तथा सदस्यसचिव नारायणकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति विवरण बहुमतले पारित भएको छ ।

पोखरा ४ गैह्रापाटनस्थित सो क्याम्पसमा स्नातक तहमा बिबिएस र बिएमा अंग्रेजी, सामाजिक कार्य पत्रकारिता पढाइ हुन्छ । हाल क्याम्पस ३ सयभन्दा बढी विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै