दिगो पर्यटकीय अभ्यासमा टानको सचेतना

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८१
TAAN Photo

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथामसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

अमेरिकी विकास सहयोग नियोग (युएसएड) को जलजंगल परियोजना (अमेरिकी जनता) सहयोगमा दुइदिने सचेतना कार्यक्रम गरेको हो । जलजंगल परियोजनाअन्तर्गत पदयात्रा तथा पर्वतीय पर्यटन गन्तव्य पर्यापर्यटनको माध्यमबाट जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको टान गण्डकीले जनाएको छ ।

कार्यक्रममा पदयात्रा क्षेत्रमा संलग्न पथप्रदर्शक तथा सहयोगीलाई सचेतना प्रदान गरिएको टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनीहरुलाई बिहीबार एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र पनि प्रदान गरियो ।

तालिमका सहभागीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, टानका केन्द्रीय महासचिव सोनाम ग्याल्जेन शेर्पाले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा मन्त्री बस्यालले पछिल्लो समय पर्यटन क्षेत्र पीडादायी अवस्थामा रहेको बताए । यो क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन पर्यटन नीति आवश्यक रहेको उनको भनाइ थियो । ‘पहिले पोखराको लेकसाइडमा धेरै मात्रामा विदेशी पर्यटक हुन्थे । पछिल्लो समयमा पर्यटकको आवागमन त्यति छैन । पर्यटन व्यावसायीहरुलाई अप्ठेरो छ । उहाँहरु पीडामा हुनुहुन्छ,’ उनले भने, ‘सोही कारण मैले पदभार ग्रहण गरेकै दिन पर्यटन नीति बनाउने भनेको छु । नीति बनाएपछि हामीसँग भएका क्षमता, बजेट, सम्भावना हेरेर पर्यटन व्यावसायी र सरकार एक ढिक्का भएर काम गरे हामीले केही उपलब्धि हासिल गर्न सक्छौं ।’

पर्यटनमा सम्भावना र चुनौती दुवै भएकाले यसलाई टकेर अघि बढ्न उनको सुझाव थियो । यसका लागि पर्यटन व्यवसायीसँग मन्त्रालय कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह, सुझाव लिन तयार रहेको उनले बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, टान महासचिव सोनाम ग्याल्जेन शेर्पा, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरिबहादुर भुजेल, टान गण्डकी पूर्व अध्यक्ष तथा सल्लाहकार टीकाराम सापकोटा, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, युएसएडको जलजंगल परियोजनाका टिम लिडर मनबहादुर बिक, नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल, टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईं, टान गण्डकी वरिष्ठ उपाध्यक्ष तीर्थराज सुवेदी, प्रशिक्षार्थी कमल कार्की लगायतले पदयात्रा तथा पर्वतीय पर्यटनमा दिगो पर्यटकीय अभ्यास हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मनाङमा पर्यटक चहलपहल बढ्यो

    रासस असाेज १८, २०८१
    मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६…
  • पर्यटनको राजधानी प्रवर्द्धनमा गुरुयोजना बन्दै

    कविराज खनाल असाेज १२, २०८१
    लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहितको प्रतिनिधि सम्मिलित ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’…
  • रिन्जे नाँसामा घरबास प्रवर्द्धन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । ४५ औं विश्व पर्यटन दिवस अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ…

hero news full width

Recent Posts

भर्खरै