पोखरामा पनि कोटीहोम हुने

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०८१
Koti Home Photo

पोखरा । पोखराको धार्मिकस्थल ढुंगेसाँघु चिनाउन कोटी होम आयोजना गरिने भएको छ । आगामी मंसिरमा पोखरा १५, ढुंगेसाँघुमा शिव मन्दिर उद्घाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्वीप प्रज्ज्वलन, पितृ उद्धार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समिति संयोजक मदन गिरीले तीन दशकपछि यहाँ कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवामा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमी हुँदै जाँदा गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए । कोटी होम भनेको के हो, कसरी गरिन्छ र यसको महत्व के हो भन्नेबारे समेत जानकारी दिने गरी कोटी होम तयारीमा जुटेको बताए ।

कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागी हुन सक्ने उनले बताए । ‘हामीले कोटी होमका लागि रकम दिनुपर्छ भनेर भन्दैनौं न त दबाब नै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागी हुन सक्नुहुन्छ,’ उनले भने, ‘ढुंगेसाँघु लुकेको तीर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन्, तिनीहरुको पहिचान गराउनु हाम्रो उद्देश्य हो ।’

उनका अनुसार त्यहाँ विभिन्न पूजाआराधना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्धवृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।

रिभर साइड युवा क्लब अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहास जीवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताए । सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माण भइरहेको र प्राणप्रतिष्ठासँगै कोटीहोम आयोजना गर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।

अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जीवन्त पार्ने कोशिसको थालनी गरेको बताए । उनले कोटी होममा आई पुण्यको काम गर्न समेत अनुरोध गरे । कोटी होममा प्रमुखवाचक जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेका छन् । हालै काठमाडौं पशुपतिमा हालैमात्र भएको कोटीहोमको देशविदेशमा चर्चा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मानव मिलनको टोली भारत प्रस्थान

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव मिलन नेपालको टोली शनिबार भारततर्फ प्रस्थान गरेको छ । टोलीमा मानव…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पेखरा । पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल…
  • श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन समापन

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । श्रीकृष्ण प्राकाट्य महामहोत्सव आयोजनासँगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एकमहिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन…
  • विश्व हिन्दूको श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । विश्व हिन्दू महासंघ नेपाल जिल्ला कार्यसमिति, कास्कीको आयोजनामा श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ५२५१…
  • राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन

    भोजराज भट्टराई भाद्र ११, २०८१
    पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार २०५ औं भगवती रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण…

hero news full width