पोखरा । पोखरेली कलाकार एवं निर्देशक माओत्से गुरुङ सम्मानित भएका छन् । संविधान दिवस सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ कार्यक्रममा कलाकार एवं फिल्म निर्देशक गुरुङलाई चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पुर्याएकोमा सम्मान गरिएको हो ।
समारोहमा उनीसहित कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पनि पुरस्कृत गरियो ।
यसै चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पुर्याएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, संगीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत भएका हुन् । पुरस्कृत सम्पूर्णलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र ‘बलिदान’ लाई यो वर्षको सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१ ले सम्मान गरेको छ । नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवद्र्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने चलचित्रलाई वर्षेनी सम्मान गरिने बोर्डले निर्णय गरेको हो ।
उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गरेका हुन् । मन्त्री गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताए । गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपूर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१