लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
संघको हालै सम्पन्न ३५ औं अधिवेशनबाट निर्वाचित गोकर्ण कार्कीको अध्यक्षताको टिमलाई लेउवा संघ अध्यक्ष विनोद श्रेष्ठले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । श्रेष्ठले विगतदेखिकै परम्परालाई निरन्तरता दिंदै स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको बताउँदै यसले आपसी भाइचारालाई अझै वृद्धि गराउने र सहकार्यको वातावरण सहज हुने विश्वास व्यक्त गरे ।
लेउवा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेउवा संघले स्थापनाकालदेखि उद्योगी व्यवसायीको हितमा मात्र काम नगरी, समग्र लेखनाथ क्षेत्रको विकासमा सक्रिय भूमिका खेलेको दाबी गरे । उनले आगामी दिनमा यो वा त्यो नभनी दुवै संघले व्यवसायीहरुको विषयमा साझा धारणा बनाएर सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले समग्र पोखराको विकासका लागि मिलेर उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले लेउवा संघ संघ र पोउवा संघ विगतमा कतिपय मुद्दामा एक हुन नसकेका कारण समग्र पोखरेलीलाई घाटा पुगेको स्मरण गर्दै अगामी दिनमा समग्र पोखराको आर्थिक विकासको लागि र समृद्ध पोखरा निर्माणका लागि साझा एजेण्डा लिएर महासंघसम्म पुग्दा पनि एक हुने प्रद्धिबद्धता व्यक्त गरे ।
लेउवा संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१