पोखरा । मदरल्याण्ड मावि र विन्ध्यवासिनी यस वर्ष पनि उत्कृष्ट विद्यालय ठहरिएका छन् ।
कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासबारको मदरल्याण्ड मावि लगातार उत्कृष्ट हुँदै आएका छन् ।
माध्यमिक शिक्षा परीक्षा–२०८० को मूल्यांकन आधारमा उच्च जिपिए ल्याउँदै उनीहरु यसपालि पनि उत्कृष्ट घोषित भएका हुन् ।
मदरल्याण्डबाट एकै पटक १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.०० जिपिए ल्याउन सफल भएका थिए । जसमा मदरल्याण्डले ३.६० देखि ४.० जिपिएसम्म ल्याउने १२८ र ३.२० देखि ३.६० जिपिए ल्याउने १८ जना गरी सबै विद्यार्थी उत्तीर्ण गराएको थियो ।
उता, ८१ जना विद्यार्थी एसइईमा सम्मिलित गराई सामुदायिक विद्यालयतर्फ विन्ध्यवासिनीले समग्रमा ३.११ जिपिए ल्याएको थियो ।
शिक्षा दिवस २०८१ अवसरमा जिल्ला विकास तथा समनवय इकाइ कास्कीले आइतबार एक समारोहबीच दुवै विद्यालयलाई सम्मान समेत गरेको हो ।
प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दामोदर वैरागी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, गणेशमान गुरुङ, जिल्ला समवन्य प्रमुख लीलाधर पौडेल र जिल्ला विकास तथा समनवय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् ।
विन्ध्यवासिनीबाट प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र मदरल्याण्डतर्फबाट त्रिभुवन शर्मा लगायतले पुरस्कार ग्रहण गरे ।
एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई सम्मान गरिनुका साथै वार्षिक प्रकाशन शैक्षिक दर्पणको विमोचन गरिएको थियो । कास्कीका ५ वटै पालिकाका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी पनि सम्मानित भए ।
कार्यक्रममा सांसद बैरागीले शिक्षालाई सकारात्मक संस्कारसँग जोडेर व्यावहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए । शिक्षा प्राप्त व्यक्ति संसारको जुनसुकै कुनामा पुगे पनि अब्बल जनशक्तिको रूपमा प्रतिस्पर्धा हुने हुने गरी पाठ्यक्रम निर्माण गर्न आफूहरूको जोडबल रहेको बताए ।
जिल्ला शिक्षा समिति कास्की संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले शिक्षा दिवसलाई सप्ताहव्यापी रूपले देशै भरी मनाउने नेपाल सरकारको निर्णय बमोजिम कास्कीमा पनि मनाइएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, गाउँपालिका राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सामाजिक विकास मन्त्रालय गण्डकीका निमित्त सचिव तोयनाथ लम्साल, शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, पेशागत शिक्षक संघसंगठनका तर्फबाट मनिराम कँडेल, शाखा अधिकृत भरतराज बराल सहितले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला शिक्षा समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१