श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन समापन

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०८१
Mahayagyad

पोखरा । श्रीकृष्ण प्राकाट्य महामहोत्सव आयोजनासँगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एकमहिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । गत १० साउनदेखि सुरु भएको कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुखर मञ्जुदेवी गुरुङले श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखराका अन्य धार्मिक पर्यटकीय गन्तव्यजस्तै बनाउन आवश्यक रहेको बताइन् । उनले मन्दिरको जग्गा साघँुरो भएको आफूले समेत महसुस गरेको बताउँदै आगामी दिनमा मन्दिरलाई आवश्यक पर्ने जग्गाबारेसमेत महानगरको तर्फबाट सक्दो सहयोग गर्ने उनको आश्वासन थियो ।

पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि आफू सधैँ तत्पर रहेको बताए । वडाले यो वर्ष १ लाख सहयोग गरेको उनले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

एनएमबी बैंक अमरसिंह शाखाका प्रमुख बलराम गिरीले युवालाई धार्मिक क्षेत्रतर्फ लगावका लागि तथा सनातन धर्मको रक्षाका लागि उल्लेख्य काम गरेको बताए ।

श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहनप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिज्नील्याण्ड स्कुलका प्राचार्य नरेन्द्रप्रसाद बराल, श्रीकृष्ण सेवा समितिका संस्थापक सदस्य शिवबहादुर कार्की, श्रीकृष्णवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख वाचक तुलसीस्वरुप महाराज, समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, श्रीकृष्ण सेवा समितिका पूर्व अध्यक्ष बलराम सुवेदी, फेवा टेलिभिजनका बजार प्रबन्धक श्रीकान्त अधिकारी लगायतले बोलेका थिए । सो अवसरमा एसके डान्स ट्रेनिङ सेन्टरका कलाकार र बाइजुराज समितिले नृत्य प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

  • मानव मिलनको टोली भारत प्रस्थान

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव मिलन नेपालको टोली शनिबार भारततर्फ प्रस्थान गरेको छ । टोलीमा मानव…
  • पोखरामा पनि कोटीहोम हुने

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । पोखराको धार्मिकस्थल ढुंगेसाँघु चिनाउन कोटी होम आयोजना गरिने भएको छ । आगामी मंसिरमा पोखरा १५, ढुंगेसाँघुमा शिव मन्दिर…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पेखरा । पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल…
  • विश्व हिन्दूको श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । विश्व हिन्दू महासंघ नेपाल जिल्ला कार्यसमिति, कास्कीको आयोजनामा श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ५२५१…
  • राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन

    भोजराज भट्टराई भाद्र ११, २०८१
    पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार २०५ औं भगवती रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण…

hero news full width