पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित गरेका हुन् । संघका पूर्व महासचिव पोखरेल ३४ औं महाधिवेशनमा समेत अध्यक्षका प्रत्यासी थिए ।
शनिबार भएको मतगणनाको आइतबार साँझ सम्पन्न अन्तिम मतपरिाणममा कार्कीले ४५८ मतअन्तरले पराजित गरे । मतदान प्रक्रियामा कुल २२५१ मत खसेकोमा कार्कीले १३३९ र पोखरेलले ८८१ मत प्राप्त गरेका हुन् ।
पदाधिकारीका अन्य पद निर्विरोध भए पनि अध्यक्ष र उपमहासचिवमा मतदान भएको हो ।
उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन् । उनले पोखरेल प्यानलका बालकृष्ण कोइरालाई हराएका हुन् ।
विजयी प्रधानाङ्गले ११ सय ७७ मत पाउँदा कोइरालाले १ हजार ४७ मत ल्याए ।
यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित हुन सके । पोखरेल प्यानलका प्रेमप्रसाद सुवेदी ९१२८५० र लेखनाथ सुवेदी ९१२८६० सदस्यमा पराजित भएका हुन् ।
उनको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ ९आशीष० १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी ९माधव० १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना ९ढाकाटोपी बाजे० १३७५ निर्वाचित भए ।
स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० समेत निर्वाचित भए ।
यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध भएका थिए । उनीहरु सबै पोखरेल प्यानलका हुन् ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१