पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । उनका ६० वर्षीया ममतामयी माता दुर्गादेवी अधिकारीको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।
२०२१ असोज ९ मा पोखरा १८, मेथलाङमा जन्मिएकी दुर्गादेवीले १० वर्षअघि पति गुमाएकी थिइन् । शुक्रबार बिहानमा सामान्य उपचारका लागि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा एक्कासि हृदयघात भएको परिवारिक स्रोतले जनाएको छ ।
स्व. अधिकारीको शुक्रबार नै सेती किनार गोस्तेघाटमा अन्त्यष्टि भयो । पार्थीव शरीरमा छोरा अर्जुनले दागबत्ती दिए । उनका १ मात्र छोरा अर्जुन र २ छोरी छन् ।
यसअघि, पोखरा १९, घार्मी निवासमा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, एमाले नेता मायानाथ अधिकारी भीमबहादुर कार्कीले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । गोस्तेघाटमा एमाले नेता जगतबहादुर विश्वकर्मा, कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, जिल्ला समवन्य कास्कीका प्रमुख लीलाधर पौडेल, नेता दीपक पौडेल, शोभामोहन पौडेल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे लगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
घार्मीको विकास निर्माण तथा महिला सशक्तीकरणमा दुर्गादेवी अधिकारीको निकै ठूलो योगदान छ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१