डिएलए कास्कीमा शर्मा

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८१
dlaaaaaa use it

पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शर्माले १ सय २८ मत पाउँदा निकटतम् प्रतिस्पर्धी शिवराज वाग्लेले १ सय मत पाए ।

उपाध्यक्षमा कृष्णकुमारी गुरुङ निर्वाचित भइन् । उनले माधवी पाण्डेलाई पराजित गरेकी हुन् । गुरुङले १ सय ३१ मत ल्याउँदा पाण्डेले ९८ मत पाइन् । सचिवमा सन्तोषमणि लामिछाने १ सय ३५ मतसहित विजयी हुँदा सन्तोष अधिकारीले ९० मत पाए ।

कोषाध्यक्षमा विनोद पौडेल निर्वाचित भए । उनले गीता लामिछानेलाई २५ मत अन्तरले हराए । पौडेलको १ सय २५ मत ल्याएका हुन् ।

सदस्यमा विशाल गुरुङ, सरिता तिमिल्सिना पंगेनी, बाबुराम कोइराला, दीपकराज पौडेल, वसन्तराम अधिकारी, भोलानाथ तिवारी, उज्ज्वलकिशोर सापकोटा, भुवानीप्रसाद बराल र नितेश बराल चयन भए ।

संस्थाको १५ औं साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलहरुबीच संविधान संशोधनको छलफल चलिरहँदा कानून व्यवसायीहरुले देशको अवस्था अनुसार सुझाव दिनुपर्ने र बहस चलाउनुपर्ने बताए । उनले संघीयता जनताका लागि प्रभावकारी व्यवस्था भएकोले विरोध गर्नेहरुलाई कानून क्षेत्रका विज्ञहरुले नै भ्रम चिर्न सहयोग गर्नुपर्ने बताए । ‘संघीयताको जबर्जस्ती विरोध गराइएको छ । यसलाई चिर्न तपाईंहरुले नै सक्नुहुन्छ,’ उनले भने, ‘मेरो अनुभवमा संघीयता उन्नत व्यवस्था हो । यसलाई अझै कामयावी बनाउन सबैले सहयोग गर्नुपर्छ ।’

जग्गा प्राप्ति, कर्मचारी र प्रहरीको समायोजनबिना संघीयताले सही उपलब्धि दिन नसक्ने भन्दै उनले तत्कालै समायोजनको समस्या टुंग्याउनुपर्ने बताए ।

डिएलए कास्की अध्यक्ष कपिलमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णकुमारी गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै